१२ कार्तिक २०८३, बुधबार

 

८५ वडामा तत्काल उद्दार गर्ने हेलिप्याड बनाउन जग्गाको खोजी गरिदै

जिल्ला विपद व्यवस्थापन समितिले सबै स्थानीय तहको सबै ८५ वडाहरुमा तत्काल उद्दार गर्न हेलि प्याड बनाउन जग्गाको व्यवस्थापन गर्न निर्णय गरेको छ । हलि प्याडको प्राविधिक पक्षमा सहयोग लिन नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको छ । यसको निर्माणपछि सुत्केरी महिलाहरुको उद्दारमा पनि सहयोग पुग्ने छ ।

उक्त अवसरमा बागलुड नगरपालिका प्रमुख जनक राज पौडेल ,जैमिनी नगरपालिका प्रमुख इन्द्रराज पौडेल ,गलकोट नगरपालिकाको उपप्रमुख रेनुका काउचा ,तमानखोला गाउँपालिकाको अध्यक्ष जोगलाल बुढा ,नेपाली काँग्रेस बागलुडको सभापति दिपेन्द्र थापा ,जिल्ला समन्वय समितिको अध्यक्ष राजेन्द्र ढुगाना र नेपाल रेडक्रस सोसाइटी बागलुडको सभापति जव्बर बहादुर लामिछानेले मन्तव्य राखेका थिए ।

गत साउनदेखि पुष मसान्तसम्म दैवी प्रकोपको घट्नामा ५ जना नागरिकको मृत्यु र५१ स्थानमा ८७ घर नष्ट भएको छ । छ ।जिल्ला विपद व्यवस्थापन समितिले मृतकको परिवारलाई १ लाख र घर जलेको परिवारलाई १० हजारको दरले १० लाख वितरण गरेको थियो ।जिल्ला विपद व्यवस्थापन समितिको अध्यक्ष वेद प्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रशासकिय अधिकृत धिरेन्द्र राज पन्तले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung