१२ कार्तिक २०८३, बुधबार

 

वैैशाखमा विराट महायज्ञ लगाइने

शिला पाण्डे, पर्वत । नेपालकै ठूलो शिव पार्वतीको मुर्ति स्थापना गर्नको लागि पर्वतमा विराट महायज्ञ हुने भएको छ । २०७६ को बैशाखामा बिराट गुप्तेश्वर महायज्ञ, तुलादान तथा कोटीहोमको आयोजना हुने भएको हो । आयोजकले पत्रकार सम्मेलन गरि महायज्ञको हालसम्मको तयारीको बारेमा जानकारी दिएको छ ।

आयोजकका अनुसार जिल्लाका सबै वडामा उपसमित विस्तारलाई अहिले तिव्रता दिइएको छ । मूल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले हालसम्म भएका प्रगतिवारे पत्रकारहरूलाई जानाकारी गराउनु भएको थियो । शर्माले दिएको जानाकारी अनुसार हालसम्म ५६ जना व्यक्तिहरू संस्थापक सदस्य बनिसक्नुभएको छ । संस्थापक सदस्यका लागि एक लाख तिर्नुपर्नेछ ।

विराट महायज्ञमा ५१ सय जनालाई तुलादान गराउने कार्यक्रम आयोजकले राखेको छ । हालसम्म ५० जनाभन्दा बढी तुलादान गर्ने व्यक्तिहरुको नामलिष्ट तयार भएको आयोजकले जनाएको छ । धार्मिक पर्यटनमार्फत जिल्लाको पर्यटनको विकासको लागि विराट महायज्ञ हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung