१२ कार्तिक २०८३, बुधबार

 

डिभिजन वन कार्यालय गलकोटको आयोजनामा १ दिने नेतृत्व विकास तालिम मल्ममा सम्पन्न

बागलुङ 
जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापाले जलवायु परिवर्तन न्यूनिकरण गर्न सामुदायिक वनको मुख्य भुमिका हुने भएकोले वनलाई सदैव हराभरा राख्दै संरक्षण सम्वर्दनमा सबै एकजुट हुनुपर्ने बताउनु भएको छ ।
सदस्य थापाले डिभिजन वन कार्यालय बागलुङले आज गलकोट नगरपालिका ७ मल्ममा आयोजना गरेको सामुदायिक वन उपभोक्ता समुहको नेतृत्व विकास, लेखा तथा अभिलेख व्यवस्थापन सम्बन्धि तालिमको उदघाटन गर्दै यस्तो बताउनु भएको हो ।
सभ डिभिजन वन कार्यालय गलकोटको संयोजनमा सञ्चालित तालिममा सामुदायिक वन उपभोक्ता समुहमा नेतृत्व विकास, लेखा तथा अभिलेख व्यवस्थापन, कार्यालय सञ्चालनको लागि लेखा परिक्षण, आय व्यय अभिलेख व्यवस्थापन, समुह परिचालन, सामुदायिक वनलाई कसरी हराभरा बनाउदै त्यसको संरक्षण सम्वर्दन लगायतका विषयमा सभ डिभिजन वन कार्यालय गलकोटका प्रमुख तथा सहायक वन अधिकृत मदन सुवेदी, फरेष्टर कुम्भराज मल्ल, वन रक्षक प्रेमलाल शर्मा, लक्ष्यमण खत्रीले सहजीकरण गर्नुभएको थियो ।
तालिममा गलकोट नगरपालिका वडा नं ७, ८ र ९ का १६ वटा सामुदायिक वनका २१ जना पदाधिकारीहरुको सहभागिता रहेको थियो । सो अवसरमा सहभागीहरुले राखेका सामुदायिक वन सम्बन्धि जिज्ञासाहरुमा परामर्श समेत गरिएको थियो । तालिममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्षद थम्मन थापा सन्देश, ठुलाचौर महिला सामुदायिक वन उपभोक्ता समुह मल्मका अध्यक्ष थुम कुमारी थापा, कोहल सामुदायिक वन उपभोक्ता समुह काॅडेबासका कोषाध्यक्ष चन्द्रमणि चालिसेले मन्तव्य राख्नुभएको थियो । तालिम नेपाल रेडक्रस सोसाईटीको भवन मल्म आगाँखेतमा सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung