१२ कार्तिक २०८३, बुधबार

 

श्रमजीवी पत्रकार ऐन लागू गराएरै छाड्छौं – दिल शिरिष

नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले श्रमजीवी पत्रकार ऐन ब्यबहारिक रूपमा लागू गराउन श्रमजीवी पत्रकार आफै पनि जागरूक भएमात्र लागू हुने बताए ।

धौलागरि संचार क्लब बागलुङले आयोजना गरेको नियमित समसामयिक बिषयको साक्षात्कार कार्यक्रमको २० औ श्रृङखलामा अध्यक्ष शिरीषले अहिले श्रमजीवी ऐन लागू गराउनको लागि प्रमुख चुनौती भनेको संचार माध्यममा काम गर्ने श्रमजीवी पत्रकारकै भुमिका महत्वपूर्ण हुने बताए ।

अहिले सरकारले तोकेको पारिश्रमिक पाउन दैनिक ८ घण्टा काम गर्नुपर्ने ब्यबस्था छ जिल्लामा धेरै किसमिसका चुनौति भए पनि पत्रकार महासंघले आफ्नो तर्फबाट खेल्नुपर्ने भुमिका निभाउन पछि नपर्ने अध्यक्ष शिरीषले बताए ।

बागलुङ जिल्लामा क्रियाशील पत्रकारलाई क्षमता मुलुक तालिम भाषा शुद्धीकरण सम्बन्धि तालिम पनि संचालन गर्ने तयारीमा पत्रकार महासंघ लागिरहेको साक्षात्कार कार्यक्रममा अध्यक्ष शिरीष ले बताए । बागलुङका पत्रकार लाई सुबिधा सम्पन्न सुचना केन्द्र पुस्तकालय संचालन गर्ने तयारी गरिरहेको समेत बताए ।

धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा धन्यवाद ज्ञापन क्लबका सचिव प्रदीप पन्तले संचालन क्लबका कोषाध्यक्ष कोपिला कडेलले गरेका थिए ।

क्लबले गरेको साक्षात्कार कार्यक्रममा लाई बागलुङमा रहेको एफएम संग सहकार्य गरेर प्रत्येक्ष रूपमा प्रशारण गर्न शुरूवात गरिएको छ ।बागलुङ सामुदायिक रेडियो र सयपत्री एफएम बाट
क्लबमा भएको साक्षात्कार कार्यक्रम प्रत्यक्ष सुन्न सक्ने प्रबन्ध मिलाएको सचिव प्रदीप पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung