बागलुङ । ताराखोला गाउँपालिकामा जनयुद्ध दिवस मनाइएको छ । तत्कालीन माओवादीले सशस्त्र संघर्ष थालेको २३ वर्ष पूरा गरी २४ वर्ष लागेको अवसरमा देशभर जनयुद्ध दिवस मनाइएको बेला ताराखोला गाउँपालिकामा पनि मनाइएको हो ।
ताराखोलामा जनयुद्ध दिवसको अवसर पारी भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाइएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए ।

२०५२ फागुन १ गतेका दिनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई र मोहन बैद्य लगायतका नेताहरु भूमिगत भएका थिए । त्यसपछि सुरु भएको जनयुद्ध १० बर्ष चलेको थियो । जनयुद्ध सुरु गर्ने तीन प्रमुख नेताहरु अहिले भने तीनतिर बाँडिएका छन् ।
प्रचण्ड नेकपामा छन् भने बाबुराम मार्क्सवाद नै छाडेर नयाँ शक्तिमा छन् भने मोहन बैद्य छुट्टै पार्टीमा छन् ।




















































































































































































































