कोपिला कंडेल
नेपाल रेडक्रस सोशाईटी गण्डकी प्रदेशका सभापति सुर्यप्रसाद ढकालले बिपद ब्यवस्थापन र मानविय सेवामा रेडक्रसले स्वतन्त्र रुपमा सेवा प्रवाह गर्नुपर्ने बताउनु भएको छ । नेपाल रेडक्रस सोसाईटी बागलुङ्ग शाखाको २९ औ अधिवेशनको सुक्रबार उद्घाटन गर्दै उहाँंले रेडक्रस राज्यको सहयोगी संस्था भएको बताउनुभयो । रेडक्रस सरकारको सहयोगी संस्था हो तर बिपद र द्धन्दमा स्वतन्त्रपुर्बक कार्य गर्ने अधिकार छ, गण्डकी प्रदेश संयोजक ढकालले भन्नुभयो कठिन परिस्थीतिमा उद्धार र राहतको लागि हामी स्वतन्त्र तरिकाले काम गर्छौ ।
उहांले रेडक्रसका काम पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल नेकपा जिल्ला सचिव लाल बहादुर थापा नेपाली कांग्रेसका पार्टी सभापति दिपेन्द्र बहादुर थापा, राष्ट्रिय जनमोर्चाका सचिव भिमलाल पोखरेल नेपाल रेडक्रस सोशाईटी प्रदेस सदस्य हिमाल शर्मा पर्वतका सभापति रुद्र बहादुर रिमाल बागलुङ्गका पुर्ब उपशभापति जगदिशचन्द्र उपाध्याय रायडाडा उपशाखाका सभापति एबं वडा नम्वर ११ का अध्यक्ष ज्ञानेन्द्र गौतम नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका अध्यक्ष दिल शिरिष उद्योग बाणिज्य सघं बागलुङ्गका बरिष्ठ उपाध्यक्ष राजन कुमार साक्य र रेडक्रस जिल्ला शाखाका उपकोषाध्यक्ष जीवन आचार्य लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा शाखाको प्रतिबेदन प्रस्तुत गर्दै रेडक्रसका शाखा सभापति जब्बर बहादुर लामिछानेले बाढिपहिरो तथा आगलागि पिडितलाई उद्धार तथा राहत वितरण लगायत बिपद ब्यवस्थापन लगायतका संबेदनसिल बिषयमा जिल्लाको तर्फबाट जिम्मेवारीपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।
उहांले पबित्र भावनाले मात्र रेडक्रसका सिद्यान्तलाई आत्मसाथ गर्न सकिने भन्दै सबै मानविय संबेदनसिलताका बिषयमा सबै जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताउनुभयो । सो अवसरमा रेडक्रसका लागेर उत्कृष्ट कार्य गरेको भन्दै शाखा सभापति जब्बर बहादुर लामिछाने, प्रदेश शभापति सुर्य प्रसाद ढकाल सदस्य हिमाल शर्मा लगायतलाई सम्मान पत्र सहित दोशल्ला ओडाएर सम्मान गरिएको थियो ।त्ययसैगरी बिभिन्न बिधामा उत्कृष्ट हुने जिल्ला स्थित बिभिन्न बिद्यालय र बिद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो ।
त्यसैगरी सवोृत्कृष्ट रक्तदाता २३ नम्वर वाहिनी अड्डा बागलुङ,सर्वोत्कृष्ट युवा रेडक्रस सर्कलको रुपमा कालिगण्डकी आवसिय मावि युवा रेडक्रश सर्कल,उत्कृष्ठ युवा रेडक्रस सर्कलको रुपमा युएस एकेडेमी, गरिमा आवसयि मावि , कोरोना एकेडेमी,जनता आवसिय मावि वुर्तिवाङमा रहेका युवा रेडक्रश सर्कल ,उत्कृष्ठ उपशाखाको रुपमा सिगाना उपशाखा लाई सम्मान गरिएको थियो । त्यसै गरी निवन्ध लेखन प्रतियोगितामा प्रथम हुने कालिगण्डकी आवयिस माविका शिशिर आचार्य,द्धितिय हुने फिउचार व्रईटर आवायिस माविका प्रकृती विक र फिउचरकै गणेश कार्कीलाई सम्मान गरिएको थियो ।
सो अवसरमा मन्त्रि नारायण पौडेलले आर्थिक एबं प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम शाखा सभापति जब्बर बहादुर लामिछानेको अध्यक्षता उपसभापति राम बहादुर खत्रिको स्वागत अर्का उपसभापति राजेन्द्र आचार्यको धन्यबाद मन्तब्य र मन्त्रि नारायण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।



















































































































































































































