१२ कार्तिक २०८३, बुधबार

 

समाजसेवी हमालद्वारा विद्याश्रमा खाद्यान्न सहयोग

 

हमाल ट्रस्टका अध्यक्ष तथा समाजसेवी होमवहादुर हमालले बागलुङ नगरपालिका ४ कुडुलेमा रहेको मुक्तिनाथ वेद विद्याश्रको लागी खाद्यान्न सहयोग गर्नु भएको छ ।

पोर्चुकलमा रहेका आफ्ना नाती सिद्धार्थ हमालको जन्म दीनको अवसरमा आश्रममा खाद्यान्न सहयोग गर्नु भएको हो ।
हमालले चामल ,आटा चिनी,तेल लगाएतका खाद्यान्न तथा नगद ५१ सय सहयोग गनु भएको छ ।
जन्म दीनमा विद्याश्रमको लागी सहयोग गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुने ठानेर सहयोग गरेको वताउनु भयो ।

सहयोग कार्यक्रममा वोल्दै आश्रमका प्रमुख स्वामी ऋषि प्रपन्नाचार्यले सामाजिक क्षेत्रमा सहयोग गर्नेहरु व्यक्ति समाज अभिन्न अंग भएको वताउनु भयो ।सहयोग तथा दान गर्नु मानविय धर्म भएको वताउदै धर्मले मानिसलाई सही वटोमा लाग्न प्रेरण प्रदना गर्ने वताउनु भयो ।
हमाल परिवारले समाजिक क्षेत्रमा सहयोग गर्नु उदेश्यले १ करोड रुपैया कोष रहेको महाल ट्रस्ट स्थापना गरी ३ वर्ष पहिले देखी समाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung