१२ कार्तिक २०८३, बुधबार

 

तनाव व्यवस्थापनका लागि सहकारीकर्मीहरु ध्यानमा

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङ र अमृतम ध्यान केन्द्र बागलुङको संयूक्त आयोजनामा “शरीरका लागि यो, मनका लागि ध्यान” भन्ने मूल नाराका साथ तनाव व्यवस्थापन सम्वन्धि एक दिने ध्यान शिविर सम्पन्न भएको छ ।

जिल्लामा क्रियाशिल सहकारी संस्थाका सञ्चालक समिति, उपसमिति र कर्मचारीहरुको उपस्थितीमा सम्पन्न कार्यक्रम बा.न.पा.–४ कुडुले फेदी स्थित तिरुपती बालाजी धाममा सम्पन्न भएको थियो ।तनाव व्यवस्थापन तथा ध्यान शिवीरको उद्घाटन ऋषि प्रपन्नाचार्य र जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संयूक्त रुपमा दिप प्रज्वलन गरी गर्नुभएको थियो ।


बिहान ८ बजेदेखि दिनको ३ बजेसम्म सञ्चालन भएको ध्यान शिविरमा तनाबबाट मुक्ति, समयको व्यवस्थापन, जीवनको लक्ष्य लगाएतका विविध विषयहरुमा ओशो अमृतम ध्यान केन्द्र बागलुङकी आत्मो जोसनाले प्रवचन दिनुभएको थियो ।

  1. जिल्लाका १३ वटा सहकारी संस्थाका ८० जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन ओशो अमृतम ध्यान केन्द्र बागलुङका अध्यक्ष लीला खड्का र स्वागत जिल्ला बचत तथा ऋण सहकारी संघबा लेखा समिति संयोजक एवं आजको कार्यक्रमका संयोजक महेन्द्रसिंह रायमाझिले गर्नुभएको थियो । कार्यक्रममा ओशो अमृतम ध्यान केन्द्र बागलुङकी आत्मो जोसनालाई जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तर्फबाट धन्यवाद सहित सम्मान–पत्रद्धारा सम्मानीत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung