२२ बैशाख २०८१, शनिबार

 

बंगलादेशमा बिजुली सर्ट हुँदा भीषण आगलागी, ८ जनाको मृत्यु

बंगलादेश, फागुन ५ । बंगलादेशको चटगाउँमा भीषण आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ ।

आगलागीमा २ सय घर जलेर नष्ट भएका छन् । ५० बढी घाईते भएको रोयटर्सले उल्लेख गरेको छ । कच्ची घर रहेको इलाकामा आगलागी भएको हो । बिजुली सर्ट हुँदा आगालागी भएको प्रारम्भीक अनुमान गरिएको छ । कच्ची घर भएको क्षेत्रमा सुरक्षाका पर्याप्त सचेतना अपनाउन नसक्दा हरेक वर्ष बंगलादेशमा जनधनको ठूलो क्षति हुने गरेको छ ।

सन् २०१३ मा बंगलादेशको एक कारखानामा आगालागी हुँदा १ हजार १ सय कामदारको मृत्यु भएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्