गुमानसिंङ भण्डारी
एक सय चार वर्षको जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरण गर्दै नेपाल बिद्यार्थी संद्य गलकोट बहुमुखि क्यापसले ६९ औ प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
जनक्रान्तिको माध्यमबाट राणाको पारिवारिक शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै नेपाल सरकारले फागुन ६, ७ र ८ गते तीन दिन भव्यताका साथ मनाउने निर्णय गरेपछि पहिलो दिन ने बि संद्यले दिप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गरिएको नेपाल बिद्यार्थी संद्य गलकोट बहुमुखि क्यापसका अध्यक्ष नविन गौतमले बताउनुभयो ।

सो अवसरमा ने बि संद्य गलकोट बहुमुखि क्यापसले आगामि फागुन ११ गते शनिबार प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । गलकोट बहुमुखि क्यापस र अन्य नगरभित्रका माबिका बिद्यार्थीहरुलाई सहभागी बनाई नेबि संद्यका बिषयमा प्रशिक्षण दिईने पुर्व ईकाई उपाध्यक्ष दिपक मल्लले बताउनुभयो ।
तालिमको सहजिकरण यम श्रीस, फम खत्री लगायत नेपाली काग्रेस तथा नेबिसंद्यका आवद्ध गलकोटका नेताहरुले गर्ने रोशन खड्काले बताउनुभयो । तालिमका सम्पन्न गर्नका लागी नेबिसंद्यका आवद्ध बिद्यार्थी बिच कार्यबिभाजन समेत भएको छ ।



















































































































































































































