७ जेष्ठ २०८१, सोमबार

 

बागलुङमा मदिरा बनाउने कच्चा पदार्थमा भेटियो युरिया, प्रहरीद्वारा नष्ट

बागलुङ । बागलुङ सदरमुकाममा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थमा रसायनिक पदार्थ (युरिया मल)  प्रयोग गरेको भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले गरेको अनुगमनका क्रममा मदिरा बनाउने कच्चा पदार्थमा युरिया  मल प्रयोग गरेको भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी चिरञ्जीवि कोइरालाका अनुसार अनुगमनका क्रममा १३ सय लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ र २ सय लिटर मदिरा जफत गरी नष्ट गरिएको छ । ‘अनुगमनका क्रममा बजारमा भेटिएको मदिरा नष्ट गरेका छौँ, कोइरालले भन्नुभयो मानव स्वास्थ्यका लागि नकरात्मक असर पार्न यस्ता अखाद्य बस्तुको प्रयोग बढिरहेकाे छ, नियन्त्रणका लागि प्रहरीले नियमित अनुगमन गर्छ ।’

फोटो : मन्जुल शाक्य 

प्रतिक्रिया दिनुहोस्