काठमाडौं । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था झन जटिल बन्दै गएको छ । शनिबार ह्याम्स अस्पतालले विज्ञप्ति मार्फत अधिकारीको अवस्था गम्भीर मोडमा पुगेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ ‘सम्पूर्ण प्रयासका बाबजुद उहाँ (अधिकारी) लाई बचाउन सक्ने अवस्था निकै न्यून देखिन्छ ।’ एक महिना अवधिसम्म मेडिसिटी अस्पतालमा उपचार गराई रहेका अधिकारीको स्वास्थ्यमा सुधार नआएपछि केही साता अघि ह्याम्स अस्पतालमा सारिएको थियो ।
नेपाल कम्युनिष्ट पाटी (नेकपा)का नेता अधिकारी मुलुकमा कुशल अर्थमन्त्रीका रुपमा चिनिएका थिए । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री भएका थिए । त्यसबेलाको वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन उनकै योजना थियो, यो अहिलेसम्म लोकप्रिय कार्यक्रम मानिएको छ । प्रेस विज्ञप्ति




















































































































































































































