६ जेष्ठ २०८१, आईतवार

 

क्लवहरु सामाजिक काममा अग्रसर हुनु पर्छ – गैरे

गलकोट ।खेलकुदसँगै सामाजिक कार्यमा समेत क्लबहरु अग्रसर बन्नुपर्ने गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । शिवज्योति युवा क्लब गलकोट नगरपालिका वडा नम्बर ५ हरिचौरको २१ औ बार्षिकोत्सव तथा महाशिवरात्रि पर्वको अवसरमा बोल्दै गैरेले पछिल्लो समय क्लबहरु खेलकुदमा मात्रै सिमित बनिरहेको भन्दै समुदाय केन्द्रित भएर सामाजिक क्रियाकलापतर्फ समेत अगाडि बढनुपर्ने बताउनु भएको हो ।

शर्माले नगरभित्रका सम्पुर्ण क्लबहरुलाई अब दर्ताको प्रक्रियामा जान समेत आग्रह गनुभयो । युवाहरु समाजका भविष्य भएकाले अब युवाहरु सामाजिक काम र आय आर्जन पनि लाग्नु पर्ने गैरेले आग्रह गनुभयो । गलकोटलाई समृद्धि बनाउनका लागि युवाहरुको समेत महत्वपुर्ण भुमिका रहने भन्दै हालेमालो गर्न सम्पुर्ण युवाहरुलाई आग्रह गनुभयो ।
सो अवसरमा गलकोट नगरपालिका वाड नम्बर ५ का अध्यक्ष नारायणध्वज मल्ल, छम बहादुर खत्री, ओम सुनारले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा साबिक वाड स्तरिय पुरुष भलिबल प्रतियोगितामा गलकोट घुम्टे सप्लार्स हटिया प्रथम, देउराली युवा क्लब हिल द्धितिय भएका छन । सामुहिक नृत्य प्रतियोगितामा गलकोट मावि प्रथम, न्यु लाईफ आवसिम माबि द्धितिय भएका छन ।

एकल नृत्य प्रतियोगितामा गलकोट नगरपालिका वाड नम्बर ३ का भरोसा क्षेत्री प्रथम, अर्पना साही द्धितिय भएका छन । कार्यक्रममा बिमल भण्डारी, रेशम गिरी, रिमा बस्नेत, निशा श्रीस लगायतको साँगितिक प्रस्तुति रहेको थियो । खुल्ला भुपु भलिबल प्रतियोगितामा शिव ज्योति युवा क्लब प्रथम, भेटघाट रेष्टुरेण्ट गलकोट नगरपालिका ६ द्धितिय भएका छन । कार्यक्रम क्लबका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षता, क्ललका सहसचिव मनिसा बस्नेतको स्वागत र सन्दिप सिहको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्