६ जेष्ठ २०८१, आईतवार

 

राष्ट्रिय भजन प्रतियोगिता जैमिनीले जित्यो, विजेतालाई ५० हजार नगद

बागलुङ । काठेखोला गाउँपालिका–५, विहुँको रामकोट स्थित त्रिपुरेश्वर महादेवको मन्दिरमा आयोजना गरिएको राष्ट्रिय खुल्ला लोक भजन प्रतियोगिताको उपाधि जैमिनी संकृतन समुह जैमिनी नगरपालिकाले जितेको छ ।

महाशिवरात्रीको अवसरमा विहुँकोट खेलकुद तथा सामाजिक विकास केन्द्र विहुँले आयोजना गरेको प्रतियोगतामा पार्वती गुफा भजन कृतन समुह कुश्मा द्धितिय, अमर माध्यमिक विद्यालय विहुँ तृतीय र शिव मन्दिर भजन जैमिनी नगरपालिकाले सान्तवना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्तवना हुने समुहहरुले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा बागलुङ, पर्वत र म्याग्दीका गरी १५ समुहले भाग लिएका थिए ।

प्रसिद्ध धार्मिक पर्यटकीय स्थल रामकोट लाई पर्यटकीय गन्तव्यको रुपमा नेपाल भरी चिनाउन र पराम्परागत मौलिक संस्कृतिको रुपमा रहेको भजनलाई संरक्षण गरी धार्मिक पर्यटकहरु भित्र्याउने उद्देश्यले राष्ट्रिय भजन प्रतियोगिताको आयोजना गरीएको आयाेजककाे दाबी छ ।

प्रतिक्रिया दिनुहोस्