२६ बैशाख २०८१, बुधबार

 

जनताको चाहाना विपरित शसस्त्र युनिट नराख्न आग्रह

बागलुङ । बागलुङ सदरमुकाममा सशस्त्र प्रहरीको नयाँ युनिट राख्ने जिल्ला सुरक्षा समितिले गरेको निर्णय प्रति बागलुङ नगरपालिका स्थानीय बासिन्दाले आपत्ती प्रकट गरेका छन् । स्थानीय जनताको चाहाना विपरित बानपा २ मा शसस्त्र प्रहरीको युनिट नराख्न उनीहरुको आग्रह छ ।
बागलुङ नगरपालिका २ का वडा अध्यक्ष जीवन आचार्यलका अनुसार स्थानीय बासिन्दाले जनचाहना विपरित एकतर्फी निणर्य कार्यन्वयन नगर्न स्थानीय प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।

उक्त क्षेत्र विद्यालय क्षेत्र भएकोले स्थानीयबासीले विरोध गरेका हुन् । वडा नं. २ का स्थानीयले त्यस क्षेत्रमा सुरक्षाका हिसावले नजीकमा प्रहरी चौकी र सेनाको व्यारेक पनि भएकोले  शसस्त्रको युनिट अनेत्र राख्न सुझाएका छन् । स्थानीय सुरक्षाका अधिकारीले समेत शसस्त्रको युनिट अनेत्र राख्न सुझाएको स्थानीयको दाबी छ ।
बागलुङ नगरपालिका क्षेत्रभित्र पूर्वाधारको काम प्रक्रियागत तवरबाट अगाडी बढीरहेको र आवश्यक भौतिक संरचना सहित सडकलाई व्यवस्थित गर्नुपर्नै तत्कालको आवश्यकता रहेको वडा अध्यक्ष आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्