३ कार्तिक २०८३, सोमबार

 

प्रहरीका हवल्दार अपरिचत व्यक्तिको घरमा छिरेपछि……

काठमाडौं । स्वयम्भुमा मादक पदार्थ सेवन गरेर अपरिचत व्यक्तिको घरमा छिरेका सशस्त्र प्रहरी बलका एक कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

सशस्त्र प्रहरीका सहायक हवल्दार शंकर श्रेष्ठ मासपे गरेर स्थानीय दामोदर ढुंगानाको घरमा छिरेपछि चोर भएको आशंकामा उनीहरुले नियन्त्रणमा लिएका हुन् ।महानगरीय प्रहरी वृत्त, स्वयम्भु लैजाने क्रममा स्थानीयले उनको साथमा गएको परिचय पत्र पनि फेला पारेपछि उनी सुरक्षाकर्मी भएको खुलेको थियो ।

स्थानीयका अनुसार मानिसहरुको भिड जम्मा गएपछि श्रेष्ठ घरमाथिबाट हाम फालेका थिए । त्यसक्रममा उनी घाइते भएका हुन् । स्वयम्भु वृत्तका प्रहरी अधिकारीहरुसँग बयान दिने क्रममा उनले आफू साथीको घर भनेर छिरे भए पनि गलत ठाउँ परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung