२६ बैशाख २०८१, बुधबार

 

कुश्मामा जेष्ठ नगारिक परामर्श केन्द्र बन्दै

 पर्वत । प्रतिनिधि सभाका सांसद पदम गिरीको पहलमा कुश्मामा जेष्ठ नगारिक परामर्श केन्द्र बन्ने भएको छ । सांसद गिरीले संघिय सरकारबाट २ करोड २६ लाख रुपैंया विनियोजन गराउन पहल गरेसंगै कुश्मामा जेष्ठ नागरिक परामर्श केन्द्र निर्माण हुने भएको हो ।
कुश्मा नगरपालिकाको वडा न. ७ मा उक्त केन्द्रको भवन निर्माण गरिने स्थानीय जनप्रतिनीधी सुवासचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार संघिय सांसद गिरीले उक्त रकम ब्यवस्थापन गर्न पहल गरेका हुन । गिरीको पहलसंगै संघिय सरकारबाट विनियोजन भएको रकमले पर्वत सदरमुकाम कुश्मामा सुविधा सम्पन्न नागरिक परामर्श केन्द्रको निर्माण हुने भएको छ ।
भवन निर्माणका लागि यसअघि नै जेष्ठ नागरिक मिलन समाजले पहल गर्दै आइरहेको थियो । समाजको पहलमा कुश्मा ७ मा जग्गाको उपलब्ध भएको छ । उक्त जग्गामा निर्माण हुने भवनलाई बहुृउद्देश्यीय बनाउने तयारी गरिएको वडा अध्यक्ष पौडेलले जानकारी गराए । सांसद गिरीले आफूले निर्वाचनको क्रममा जनतासंग गरेका प्रतिबद्धता अनुसार केन्द्रकाे निर्माणमा पहल गरेकाे जानकारी गराए । उनले सडक सुधार, शिक्षा क्षेत्रको विकास, कृषि,पशुपालन र पर्यटनलाई जिल्लामा ब्यवस्थित रुपमा विकास गर्ने गरी आफूले संघिय सरकारसंग आवश्यक समन्वय गरीरहेको उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्