२६ बैशाख २०८१, बुधबार

 

‘विद्यार्थीसँग प्रहरीको एक दिने कार्यक्रम’

बागलुङ । बागलुङ जिल्लामा रहेका विभिन्न विद्यालयसँग प्रहरीले एक दिने  कार्यक्रम गरेकाे छ । सदरमुकाममा रहेका विद्यामन्दिर माध्यमिक विद्यालय, फ्य्रूचर ब्राईटर माध्यमिक विद्यालय, आदर्श विद्यामन्दिर, न्यू ओसिस माध्यमिक विद्यालय, धौलागिरी वीरेन्द्र माध्यमिक विद्यालय र कालिगण्डकी आवसिय माध्यमिक विद्यालयका ९ देखी १२ कक्षा सम्म पढ्ने ३३ जना विद्यार्थीहरुसँग प्रहरीले उक्त कार्यक्रम  गरेको हो ।

पछिल्लो समय युवाहरु माझ मौलाउँदै गरेको लागुपदार्थ दुव्र्यसनी र मोटर साइकल चलाउँदा उलंघन हुने ट्राफिक नियमका बिषयमा समेत सचेतना जगाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई ट्राफिक नियमको बिषयमा आँफू सचेत हुने र अरुलाई पनि सचेत गराउन विद्यार्थीको भूमिका महत्वपूर्ण हुने प्रहरी नायव उपरीक्षक चिरञ्जीवी कोइरालाले जानकारी दिए ।

समुदायमा प्रहरी साझेदारी अन्तर्गत ‘प्रहरीसंग एक दिन’ कार्यक्रम गरीएको हो । कार्यक्रममा विद्यार्थीहरुलाई प्रहरी र नागरिक बीचको साझेदारीको अवधारण, नागरिक सुरक्षामा प्रहरीको सेवाको महत्व, प्रहरीप्रति सकारात्मक धारणाको विकास, प्रहरी सेवामा भर्ना प्रकृिया लगायतका बिषयमा जानकारी गराइएकाे थियो ।

प्रतिक्रिया दिनुहोस्