२६ बैशाख २०८१, बुधबार

 

बार एशोसिएसनको उपाध्यक्षका उम्मेदवार श्रेष्ठ – जसले उठाउँछन सार्वजनिक सरोकारका विषय

बाँके,फागुन २३ – अधिवक्ता सुनील कुमार श्रेष्ठ नेपाल बार एशोसिएसनको चैत १६ गते हुने निर्वाचनमा प्रदेश ५ बाट केन्द्रीय उपाध्यक्षका उम्मेदवार हुन् । आमाको नामबाट नागरिकता प्रदान गर्ने र सार्वजनिक सरोकारका विषयमा न्यायालयमा विषय प्रवेश गराउने अभियानका प्रमुख अभियन्ता हुन श्रेष्ठ । उनकै पहलमा बाँके खजुराकी वर्षा शर्माले जिल्लामा पहिलोपटक आमाको नामबाट नागरिकता पाउन सफल भएकी हुन् ।

त्यसपछि पनि २० भन्दा बढिलाई आमाको नामबाट नागरिकता दिलाउन श्रेष्ठले महत्वपूर्ण भूमिका निभाएका छन् । मानव अधिकार, मेलमिलाप र महिला अधिकार विषयका प्रशिक्षक रहेका श्रेष्ठले कर्णाली डिष्ट्रिलरीको प्रदुषण नियन्त्रण, नीजि बोडिङ्ग स्कुलले छात्रवृत्ति दिनुपर्ने, ध्वनी प्रदुषण नियन्त्रण गर्नुपर्ने, वायु प्रदुषण नियन्त्रण गर्नुपर्ने, स्वास्थ्य संस्थामा दरबन्दी अनुसार चिकित्सक र स्वास्थ्यकर्मीको ब्यवस्था हुनुपर्ने, बधशाला निर्माण गर्नुपर्ने, बघौडामा विद्युतीकरण, बागेश्वरी मन्दिर ब्यवस्थापन लगायतका विषयलाई न्यायालयमा प्रवेश गराउन महत्वपूर्ण भूमिका निभाएका छन् ।श्रेष्ठले कतिपय रिट आफैले दर्ता गरेका छन् ।

२०४७ सालमा बार एशोसिएसनमा आवद्ध भएका श्रेष्ठ, क्षेत्रीय अदालत बारको सदस्य, बाँके जिल्ला बारको सचिव र अध्यक्ष तथा तत्कालिन पुनरावेदन बार नेपालगञ्जको अध्यक्षको रुपमा सफलतापुर्वक जिम्मेवारी निर्वाह गरिसकेका छन् । राजनीतिशास्त्रमा स्नाकोत्तर उत्तिर्ण श्रेष्ठले त्रिविबाट कानूनमा स्नातक गरेका छन् । उनले भारत राजस्थानको नेशनल ल युनिभर्सिटीबाट कानूनमा स्नाकोत्तर गरिरहेका छन् ।

बारको निर्वाचनमा श्रेष्ठ सुनील पोख्रेल नेतृत्वको वृहद लोकतान्त्रिक समूहबाट प्रदेश ५ को उपाध्यक्षका उम्मेदवार हुन् । सरल स्वभावको श्रेष्ठ सबै पक्षलाई मिलाएर लैजान सक्ने क्षमता भएका कानून ब्यवसायी भएका कारण पनि कानून ब्यवसायीमाझ लोकप्रिय रहेका छन् ।

लोकप्रिय सन्देशबाट

प्रतिक्रिया दिनुहोस्