बुुर्तिबाङ । नेपाल पत्रकार महासंघ बागलुुङले ढोरपाटन नगरपालिका सँगको सहकार्यमा जिल्लाको पश्चिम बुुर्तिबाङमा आयोजना गरेको तिन दिने रेडियो पत्रकारिता तालिम शुरु भएको छ ।जिल्लाभरका रेडियोकर्मीको सहभागिता रहेको तालिमको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले उद्घाटन गर्नुभयो ।
तालिमको उद्घाटनपछि बोल्दै नगर प्रमुख नेपालीले पत्रकारले निश्पक्ष पत्रकारिता गरेर समाज परिवर्तन र समृद्धिमा भुमिका खेल्नुपर्ने बताउनुभयो । पत्रकार पार्टीका नेता कार्यकर्ता जस्तो पक्ष या प्रतिपक्ष जस्तो नभई निष्पक्ष बन्न सके पत्रकारिता मर्यादित बन्ने उहाँको भनाई थियो । मुलुकको समृद्धि नेपाली जनताको चाहना र आवश्यकता भएकाले सबैले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेमा मात्र सम्भव र सफल हुने नगर प्रमुख नेपालीले बताउनुभयो ।

जिल्लाका बिभिन्न स्थानमा सञ्चालित १० रेडियोका ३० भन्दा बढी रेडियोकर्मीको सहभागिता रहेको तालिमको सहजीकरण गर्दै सामुुदायिक सुुचना नेवटर्क (सिआइएन)का समाचार सम्पादक गोविन्द खड्काले डिजिटल पत्रकारिताको विकास तीव्र भए पनि रेडियोकर्मीका लागि अझै राम्रा अवसर र दुरदराज सम्मका श्रोताको राम्रो साथ रहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा इलाका प्रशासन कार्यालय बुुर्तिबाङका नन्दरामम भुुषाल, नेकपाका ढोरपाटन नगरपालिकाका नगर संयन्त्र सदस्य चन्द्र अर्याल, पत्रकार महासंघका केन्द्रिय सभासद तथा रेडियो परिवर्तनका स्टेशन म्यानेजर रामनारायण सुुवेदी, बागलुङ उद्योग वाणिज्य संघ बुुर्तिबाङ इकाइका अध्यक्ष चिन्तामणी शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गौरिश्वर पाण्डे, देशभक्त जनगणतात्रिक मोर्चाका गुुुञ्जबहादुुर भण्डारी लगायतले बोल्नुुभएको थियो ।

पत्रकार महासंघले यस बर्षलाई तालिम बर्षको रुपमा मनाउने क्रममा बिषयगत पत्रकारिता प्रशिक्षण अन्र्तगत रेडियो पत्रकारिता तालिम आयोजना गरिएको नेपाल पत्रकार महासंघ बागलुुङका अध्यक्ष दिल शिरिषले बताउनुभयो । अब पत्रकारितामा दृढ इच्छा शक्तिका साथ समर्पित भएका पत्रकार सञ्चारकर्मीलाई तालिम अभावमा अदक्ष भएर बस्नुपर्ने बाध्यताको अन्त्यका लागि महासंघले अब अन्य बिषयगत तालिम समेत बर्षभर सञ्चालन गर्ने अध्यक्ष शिरीषको भनाई छ ।
महासंघका कोषाध्यक्ष बिजय रानाले तालिमको उद्धेश्यबारे प्रकाश पार्नुभएको कार्यक्रम कार्यसमिति सदस्य लोकेन्द्र सुुनारको स्वागत मन्तव्य र सचिव राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































