काठमाडौं । सुन्धारा होटल व्यवसायी संघले शनिबार रक्तदान कार्यक्रम गरेको छ । भक्तपुर रक्त सञ्चार केन्द्रको सहकार्यमा राजधानीमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेक छन् ।
कार्यक्रम संयोजक शंकर भण्डारीका अनुसार महिला, पुरुष, प्रौढलगायत सबै उमेर समूहका नागरिकले रक्तदान गरेका थिए ।

अस्पतालमा ‘फ्रेस ब्लड’को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएकाे सुन्धारा हाेटल व्यवसायी संघका अध्यक्ष बुद्धि बहादुर बस्नेतले बताए ।
सो संस्थाले दैवी प्रकोप, सामाजिक तथा शैक्षिक क्षेत्रमा नियमित कार्यक्रम सञ्चालन गर्दै आएको छ । रक्तदान कार्यक्रमका संयोजक शंकर भण्डारीले एक थोपा रगतका कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बाँच्न सक्ने भन्दै रक्तदानजस्तो पवित्र कार्यमा सहभागी हुने सबैलाई आभार प्रकट गरेका थिए । रक्तदान कार्यक्रम सहभागि सबैलाई संघको तर्फबाट प्रमाणपत्र व्यवस्था गरिएकाे थियाे ।























































































































































































