२६ बैशाख २०८१, बुधबार

 

शेरबहादुर देउवाको जनै खोइ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा यतिबेला बेनी छन् । पछिल्लो समय देउवा पौडेलबीच राजनीतिक रुपमा केही मतभेद देखिन्छ । जस्ता सुकै विषयमा पनि यी दुई पक्षबीच सजिलै सहमति हुन गाह्रै पर्छ । तर, शनिबार यही नोट अफ डिसेन्ट राजनीतिकोबीच दुबै नेताहरु म्याग्दीको तातोपानीमा सँगै स्नान गरेका छन् ।

शनिबार विहान दुबैजना तातोपानीको तलाउँमा भेटिए । उनीहरु आफ्नो राजनीतिक असमझदारी विर्सिएरसँगै म्याग्दीको तातोपानीमा पुगेको घटनाले काँग्रेस कार्यकर्ताहरुमा नयाँ सन्देश गएको छ ।

यी दुई नेताहरु पानीमा डुबिरहेको तस्बिर सार्वजनिक भएको छ । पार्टी सभापति देउवाको शरीरमा जनै नभएको दृश्यले सबैको केन्द्रीत गरेको छ । उनी जातका हिसावले क्षत्री हुन् ।एक क्षणपनि जनै विना बस्नु हुन्न र जनै शरीरमा नभएसम्म बोल्न समेत नहुने संस्कार हिन्दू धर्ममा छ । पूर्व प्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेताले आफ्नो संस्कार अनुसारको जनै पनि नलगाएको देखिँदा संस्कार प्रेमि नेपालीहरुमा भने निराशा छाउने देखिन्छ । यद्यपि काँग्रेसका वरिष्ठ नेता पौडेलले भने आफ्नो संस्कार अनुसार जनै लगाउने गरेको तस्बिर सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्