२६ बैशाख २०८१, बुधबार

 

थापा समाज गलकोटको २६ औं वार्षिकोत्सव सम्पन्न

बागलुङ । सातसय बगाले थापा समाजका संरक्षक एवं संस्थापक अध्यक्ष दुर्गाबहादुर थापाले पुर्खाले देखाएको सहि बाटो अनुसरण गर्दै सामाजिक सदभाव सहित राष्ट्रको निम्ति योगदान गर्न आवश्यक रहेको बताए ।
समाजको २६ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सो अवसरमा समाजका पुर्व अध्यक्ष तथा गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद थम्मन थापा सन्देश, पुर्व कोषाध्यक्ष तथा वडा सदस्य लोक बहादुर थापा, बगाले थापा समाजका केन्द्रिय प्रतिनिधि छुम बहादुर थापा, पुर्व उपाध्यक्ष ज्ञान बहादुर थापा, निवर्तमान अध्यक्ष दल बहादुर थापा, पुर्व सचिव राम बहादुर थापा र समाजका ताराखोला प्रतिनिधी नर बहादुर थापाले शुभकामना मन्तव्य शुभकामना मनतब्य राखेका थिए ।

साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव टोप बहादुर थापा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष यम बहादुर थापाले प्रस्तुत गरेका थिए । साधारण सभामा गलकोट, ताराखोला, बडिगाड र ढोरपाटन नगरपालिकाका बगाले थापाको उपस्थिति रहेको थियो । २६ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष घनश्याम थापाको स्वागत र सचिव टोप बहादुर थापाको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्