१२ कार्तिक २०८३, बुधबार

 

गलकोटका युवाले गरे परम्परागत होली मनाउने तयारी

बागलुङ  ।  घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङले परम्परागत होली मेलाको तयारी गरेको छ । आगामी चैत ३ गतेदेखि ६ गतेसम्म हुन गईरहेको संस्थाको ३४ औं वार्षिकोत्सव तथा होलीलाई व्यवस्थित एवं भव्य रूपमा मनाउन परिवारले तयारी गरेकाे हाे ।
बैठकमा संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले हाल सम्मको प्रगति विवरण रिपोर्टिङ गरे ।  मल्म सप्ताहघाटमा सम्पन्न बैठकले कार्यालय क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गर्ने, मेलामा आयोजित कार्यक्रमहरु व्यवस्थापन गर्ने, प्रमुख अतिथि,अतिथि स्वागत सत्कार, कलाकार, पत्रकार, खेलाडी स्वागत सत्कारका बारेमा कामकाे बाँडफाड गरेकाे छ ।  मेलामा शान्ति सुरक्षा कायम गराउन  उपसमिति गठन गरी कार्य विभाजन तथा सम्पादन, प्रायोजक तथा सहयोगदाताको जानकारी, प्रचार प्रसारलाई तिव्रता दिने लगायतका कार्यको वाडफाँड गरेको छ ।
संस्थाका कोषाध्यक्ष सन्त भण्डारीले विधामा अभिनन्दन गर्न लागिएका व्यक्तिहरु, शैक्षिक सामाग्री तथा खाद्यान्न वितरण गरिने परिवार तथा विद्यार्थीलाई जानकारी गराउने बताए । स्थानिय झाॅकी खेलकुदय विभिन्न प्रतियोगिता, सांस्कृतिक कार्यक्रम सॅगै राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने घुम्टे युवा परिवारले जनाएको छ । बैठकमा कार्य समिति, सल्लाहकार, विभिन्न उपसमिति, युवाहरु लगायतको उपस्थिति रहेको थियो । बैठक घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung