१३ कार्तिक २०८३, बिहीबार

 

बागलुङ अदालतमा लक्ष्यभन्दा बढि मुद्दा फछ्र्यौट

बागलुङ । उच्च अदालत बागलुङले चालु आर्थिक बर्षको फागुन मसान्तसम्म लक्ष्यभन्दा ३९ प्रतिशत बढी मुद्धा फछ्र्यौट गरेको छ । चालु आर्थिक बर्षको फागुन मसान्तसम्म १ सय ९ मुद्धा फछ्र्यौट गर्ने लक्ष लिएको इजलाशले १ सय ५१ मुद्धाको फैसला गरेको छ ।

अदालतले यसअबधिमा ४२ वटा बढि मुद्धा फछ्र्यौट गरेकाे छ । अदालतमा २ सय ७६ मुद्धा दर्ता भएका थिए । हालसम्म १ सय ५१ मुद्धाको फैसला भैसकेकाे छ । अब १ सय २५ मुद्धा फछ्र्यौट हुन बाँकी रहेको रजिष्ट्रार ध्रुवकुमार ढकालले जानकारी दिए । यो अवधिमा अदालतले १ सय ८ वटा सरकारी फौजदारी, १६ वटा देवानी ८ देवानी १९ वटा रिट फछ्र्यौट गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung