१३ कार्तिक २०८३, बिहीबार

 

प्रशासनका अभिलेख कम्प्युटरमा राखिने

पर्वत। जिल्ला प्रशासन कार्यालय पर्वतमा विगत ५२ वर्षदेखिका अभिलेख व्यवस्थापन गर्न गिरने भएकाे छ । करिब ५ दशक देखी नागरिकता जारी गर्न थालेको जिल्ला प्रशासन कार्यालयले ५२ वर्षपछि अभिलेख व्यवस्थापन गर्न शुरू गरेकाे हाे ।

अहिलेसम्म कागजपत्रहरु सेतो कपडाभित्र पोको पारेर राख्ने गरिएकोमा पहिलोपटक फाईलिङ्ग गरेर व्यवस्थापन गर्न लागिएको हो । विगत सात वर्षदेखि कम्प्युटर प्रणालीमार्फत नागरिकता वितरण गर्दै आएपनि त्यस अघि वितरण गरिएका नागरिकताका फाईलहरु र वितरण गरिएका नागरिकताको विवरणहरु हराउन सक्ने भन्दै व्यवस्थापन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । ढकालका अनुसार आफु सरुवा भएर पर्वत आएदेखिनै अभिलेख व्यवस्थापनलाई प्रभाकारी ढंगले अघि बढाएको बताए । अब जुनसुकै वर्ष निकालेको नागरिकताको विवरण हेर्नु परेपनि तत्काल भेटिन्छ । उनले भने ‘यसले गर्दा कुनैपनि व्यक्तिले दाहोरो नागरिकता लिनसक्ने अवस्था रहँदैन । कर्मचारीलाई खोज्न पनि सहज हुनेछ ।’

जिल्ला प्रशासन कार्यालय पर्वतबाट हालसम्म २ लाख १९ हजार १ सय ६३ वटा नागरिकता वितरण भएका छन् । जसमध्ये वंशजका आधारमा नागरिकता लिनेको संख्या २ लाख १८ हजार ८ सय ५, जन्मसिद्ध नागरिकता २, वैवाहिक अंगिकृत नागरिकता १ सय ३७ र कर्मचारी परिवार २१९ जनाले नागरिकताको प्रमाणपत्र लिएको तथ्यांक  छ । अहिले जिल्लाको जनसंख्या एक लाख ४८ हजार रहेको छ । जनसंख्या भन्दा भन्दा झण्डै ७१ हजार बढि नागरिकता जारी भएको कार्यालयले जनाएको छ ।

यी सवै नागरिकताको विवरण कम्प्युटर प्रणालीमा पनि संलग्न गरिएको छ । कहिलेकाँही प्रविधिमा पनि समस्या आउने भएकाले अभिलेखलाई व्यवस्थित बनाएर राखिएको प्रमुख जिल्ला अधिकारी ढकाललको भनाई छ । कहिलेकाँहि कम्प्युटरमा पनि समस्या आउन सक्छ ढकालले भने ‘त्यसैले प्रत्येक महिना र वर्षका कागजपत्रहरुलाई फाईलिङ्ग गरेर राख्खिन शुरू गिरएकाे छ ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung