६ जेष्ठ २०८१, आईतवार

 

‘लेनदेन’ विवाद हुँदा महिलामाथि कुटपिट, घाइते महिलालाई पोखरा रेफर

हटिया । गलकोट  नगरपालिका ३ हटियामा लेनदेनको कुरा नमिल्दा महिलामाथि कुटपिट भएको छ । हटिया बजारका व्यवसायी भिमसेन श्रेष्ठ र नमस्ते गलकोट होटलकी सञ्चालिका राधिका शर्माबीच लेनदेनको विषयलाई लिएर भनाभन हुँदा हातपात भएको प्रहरी चौकी हटियाले जनाएको छ ।
हटिया प्रहरी चौकी हटियाका प्रमुख प्रहरी सहायक निरीक्षक टेकबहादुर थाडाका अनुसार होटल सञ्चालिका राधिका शर्माले व्यवसाय सञ्चालक भिमसेन श्रेष्ठबाट करिब एक लाख ५० हजार रुपैयाँ सापटी लिएको र पटक–पटक माग्दा पनि रकम नदिएको र भनाभन हुँदा उक्त घटना भएको हुनसक्ने बताए ।

होटेल सञ्चालिका शर्माले होटल विक्री गरेर रकम चुक्ता गर्छु केहि दिन पर्खनुहोस् भनी रहेकै अवस्थामा श्रेष्ठले हातपात गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

पीडित महिलाले कारबाहीको लागि प्रहरी चौकी हटियामा निवेदन दिएको प्रहरीले जनाएको छ । घाईते शर्माको आरोग्य अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि पोखरा रेफर गरिएको छ । श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा थप आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्