१३ कार्तिक २०८३, बिहीबार

 

बागलुङमा सय किलोमिटर सडक कालोपत्रे हुने

बागलुङ।  जिल्लाका चार ग्रामिण सडकहरु कालोपत्रे गर्नका लागि अध्ययनका लागि छनौट भएका छन् । जिल्लाका चार सडकको झण्डै सय किलोमिटर सडक कालोपत्रे गर्नका लागि ग्रामिण सडक सञ्जाल सुधार आयोजनाले छनौट गरेर काम अगाडी बढाएको जानकारी हुन अाएकाे छ ।

गण्डकी प्रदेश सरकारको सिफारीसमा संघीय सरकारले ग्रामिण सडक कालेपत्रे गर्नका लागि विस्तृति अध्ययन प्रतिवेदन (डिपिआर), बातावरणीय प्रभाव मुल्याङकन, आर्थिक र सामाजिक अध्ययनका लागि चारवटा सडक छनौट गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

अध्ययनका लागि छनौट भएका सडकहरुमा जिल्ला सदरमुकाम स्थीत अदालत चौतारी–तित्याङ–रायडाँडा हुदै बरेङ जाने सडक, जिल्लाको दक्षिण भेग जैमिनि नगरको कुश्मिसेरा–सर्कुवा–बिनमारे अर्जेवा हुँदै पूर्तिघाट जोड्ने सडक, जिल्लाको पश्चिम क्षेत्र बुर्तिवाङ अधिकारीचौर देखि ढोरपाटन उपत्यका जोड्ने सडक र अमरभूमी अर्गल सामुवोट तारा हुदै रुमा फेदी जोड्ने सडक रहेका छन् ।

आयोजनाले जिल्लाका चार सडकलाई दुई वर्षमा अध्ययन प्रतिवेदन तयार पार्ने र एसियाली विकास बैंक संग साझेदारी गरेर कालोपत्रे गरीने आयोजना प्रमुख महेश अर्यालले बताए । चार सडक मध्ये करिब २५÷ २५ किलोमिटर वरपरको कालोपत्रेका लागि अध्ययन गरिने भएकाे छ ।

‘हामी अध्ययनका लागि सडकहरु छनौट गरेका हौ’ अर्यालले भने ‘अध्ययनबाट प्राप्त प्रतिवेदनका आधारमा केही वर्षभित्र सडक कालोपत्रे गर्नेछौं ।’ अर्यालका अनुसार सडकहरुको अध्ययन गर्नै २ वर्ष लाग्नेछ । अध्ययनपछी सकरात्मक प्रतिवेदन आएमा सडक कालोपत्रे हुने र अध्ययन गर्दा समस्या देखिएमा कालोपत्रे नहुने अर्यालले जनाए ।

सवै अध्ययन प्रतिवेदन आइसकेपछी कालोपत्रे गर्ने सडकको एसियाली बैंकसंग सम्झौता गरि कार्यान्वयनका लागि केन्द्रिय सरकारले प्रदेश सरकारको भौतीक योजना मन्त्रालयमा पठाउने छ । आयोजनाका अनुसार गण्डकी प्रदेशमा ५९५ किलोमिटर सडकको अध्ययन गरिने र अध्ययन पश्चात प्राप्त प्रतिवेदनका आधारमा ४२५ किलोमिटर सडक कालोपत्रे गरिने लक्ष्य रहेको छ । बागलुङ जिल्लाबाट सिफारिसमा परेका पाँच सडक मध्ये गलकोट नगरपालिकाको हटिया हँुदै ताराखोला जाने सडक समावेश हुन नसकेको संघीय सांसद डा. सुर्य पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung