
बागलुङ । बागलुङको हल्लनचोकमा सन् २०१५ मा खृुलेको जुपिटर ल्याङ्वेज इन्स्टिच्युटमा अध्ययन पछि वैदशिक अध्ययनमा जान चाहने विद्यार्थीको आर्कषणको केन्द्र बनेको छ । विभिन्न भाषा कक्षाहरु संचालन गर्दै आएको जुपिटरमा अध्ययन पश्चात सहज तरिकाबाट भाषा परिक्षा उत्तीर्ण भइने भएकोले पनि विद्यार्थीको आर्कषण बढेको हो ।
अहिलेसम्म करीब ३ सय जनाको भविष्य जुपिटरले बनाइदिएको छ । यहाँ अध्ययन गरेको विद्यार्थी सम्बन्धित गन्तब्यमा पुगिसकेका छन् ।जुपिटरमा जापानिज भाषा, नेपाली, अंग्रजी भाषाका कक्षाहरु संचालित छन् । जुपिटर ल्याङ्वेज इन्स्टिच्युटका संचालक नरहरी भण्डारीको आफू जिल्लाकै उत्कृष्ठ नजिता ल्याउने इन्स्टिच्युट भएको दाबी छ ।
अहिलेसम्म करीब ३ सय जनाले सम्बन्धित बिषयको भाषा परीक्षा पास गरेका छन् । करीब ४० जनाले यहि इन्स्टिच्युटबाट उत्तीर्ण गरी विदेश पुगेको उनले बताए। हामीसँग दुई दक्ष र अनुभवी शिक्षक छन् । अडियो, भिडियोमार्फत अध्यापन गराउँदै आएको उनले बताए । उनले भने – जुपिटर अरु इन्स्टिच्युट भन्दा फरक भएको र यहाँ अध्ययन गर्न आउने विद्यार्थीहरुको लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार छ ।
क्वालिटीमा कम्प्रमाइज गर्दैनौं, त्यहि भएर नै हामी अहिले ५ वर्षको निरन्तरतामा छौ । उक्त इन्स्टिच्युटमा बागलुङ, पर्वत र म्याग्दीका विद्यार्थीहरु अध्ययन गर्न आउने गरेको उनले बताए । करीब चार लाख लगानीमा इन्स्टिच्युट संचालनमा ल्याएको उनले बताए । अहिले पनि हामीसँग ४० जनाभन्दा बढि विद्यार्थीहरु छन् । उनले भने–आगामी दिनमा यहिबाट नै विदेश जाने विद्यार्थीहरुको लागि सम्पूर्ण प्रक्रिया पूरा गर्ने गरी व्यवस्थित रूपमा संचालित हुने तयारीमा छौं ।