पर्वत । जलजला गाउँपालिका–७ धाइरिङकी १४ वर्षिया बालिका ११ दिनदेखि बेपत्ता भएकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल वेपत्ता भएकी हुन् ।
गहुँगोरो अनुहार भएकी, खैरो कपाल गरेकी अन्दाजी पाँच फिट उचाइ भएकी रिजाल घरभन्दा केही तलको सल्यानफाँटमा घाँस काट्न गएकी थिइन् । साँझ अबेरसम्म पनि घाँस लिएर घर नफर्केपछि सबै ठाउँमा खोजी गरे पनि कुनै पत्ता नलागेको बालिकाका बाबु महानन्द रिजालले बताए।



















































































































































































































