१३ कार्तिक २०८३, बिहीबार

 

कर्मचारीलाई जनताका काम चुस्तरुपमा गर्न मुख्यमन्त्रीको निर्देशन

बागलुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीलाई चुस्त र प्रभावकारी रुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । कर्मचारीहरुले बहानाबाजी गर्ने र काम नगर्ने गुनासा आउन थालेपछि उनले जनताका काम चुस्त रुपमा काम गर्न कर्मचारीलाइ निर्देशन दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङले आयोजना गरेको कार्यालय प्रमुखबीचको अन्तरक्रिया कार्यक्रममा उनले कामलाई प्रभावकारी बनाउन र जनतालाई छिटो सुविधा दिन निर्देशन दिए । प्रदेश सरकारले काम गर्ने वातावरण तयार गरेपनि बजेट खर्च सन्तोषजनक नभएको भन्दै कार्यालय प्रमुखलाई द्रुत गतिमा काम गर्न उनले निर्देशन गरे ।

उनले प्रदेश सरकारको कूल बजेटको जम्मा ११ प्रतिशत मात्र खर्च हुनुभनेको अत्यन्त दुःखद भएकाे तथ्यांक  सहित तीनै तहसँग सहकार्य गरेर काम गर्न कर्मचारीहरुलाई आग्रह गरे । मुख्यमन्त्री गुरुङले आवश्यक कानून निर्माण भइसकेकाले आगामी दिनमा काम गर्न सहज हुने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung