काठमाडौं–अख्तियार दुरुपयोग नियन्त्रण आयोगले धुनुषा राइजोविया तथा घासेबारी बीउ बिजन प्रयोगशाला, जनकपुर धाममा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा. राम गुलाम यादव र पशु प्राबिधिक जागेश्वर चौधरीलाई घुस वापतको ४० हजार रुपैया रकम लिइरहेको अवस्थामा मंगलबार नियन्त्रणमा लिएको छ ।
दुबैले समपन्न भैसकेको कामको भुक्तानीको विभिन्न वाहनामा सेवाग्राहीसगँ घुस माग गरिरहेको भन्ने सुचनाका आधारमा आयोगको बर्दिवास कार्यलयबाट गएको टोलीले घुस रकम सहित दुबै जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका दुबैजनालाई अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।



















































































































































































































