१३ कार्तिक २०८३, बिहीबार

 

रानीपानी सडकखण्ड कालोपत्रे हुने

पर्वत । सेतीवेणीदेखि रानीपानीसम्मको कालीगण्डकी लोकमार्ग कालोपत्रे हुने भएको छ । संघीय सरकारले झण्डै ४१ करोडको ठेक्का रकममा सहमति दिएसँगै उक्त सडक कालोपत्रे हुने भएको हो ।

ठेक्का सम्झौताका लागि अर्थ मन्त्रालयले सहमति दिएसंगै कालोपत्रेको प्रक्रिया शुरुवात हुने भएको हो । ९ किलोमिटर लामो उक्त सडक जिल्लाको विहादी गाउँपालिका भित्र पर्दछ । यसैगरी कुश्मा–दुर्लुङ सडकका लागि पनि रकम थप भएको छ । कालोपत्रे र ढलानको काम भईरहेको उक्त सडकमा चालु आर्थिक वर्षका लागि थप ६ करोड रकम विनियोजन हो । त्यस्तै कुश्मा नगर पालिकाको सहस्रधारा–पाङ–टार–ततरकोट–बनौ सडकका लागि पनि ३ करोड रकम विनियोजन भएको छ । भुषालचौरदेखि बर्राचौर सडक कालोपत्रेका लागि संघीय सरकारबाट ३ करोड रकम विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung