२४ बैशाख २०८१, सोमबार

 

ऋणतिर्न नसकेपछि छोरासँगै आमाले गरिन् आत्महत्या (भिडियोसहित)

काठमाडौं ।  कोलम्बियामा जेसी माउला परुज कु्रज नाम गरेकी एक महिलाले आफ्नो १० वर्षीय छोरासँगै पुलबाट हाम फालेर आत्महत्या गरेकी छन् । उनको छोराले हाम नफाल्नु ममी भन्दाभन्दै छोरासँगै ती महिलाले आत्महत्या गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो ।

प्रहरीका अनुसार उनी आफ्नो १० वर्षीय छोरा बोकेर आत्माहत्या गर्नको लागि उनकै टोलिस्थित ला भेरेन्टि पुलमा पुगेकी थिइन् । त्यसपछि प्रहरीले आमा र छोरा दुवैलाई बचाउनको लागिपुलमा पुगेका थिए । त्यस्तै उनको छोराले पनि आमालाई हाम नफाल्नु भनेर रुदै गुहार मागेको थिए । तर अन्तत ती महिलाले पुलबाट हाम फालेर बच्चासँगै आत्महत्या गरेकी छन् ।

कोलम्बिया प्रहरीले आत्माहत्याको कारणबारे अनुसन्धान गरेको थियो । आत्महत्या गर्नुको पछाडि ३२ वर्षीय महिला धेरै ऋणमा थिइन् । ऋणदाताले पैसा तिर्न नसकेपछि घरबाटै निकालिदिएको र त्यसपछि आत्माहत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्