८ जेष्ठ २०८१, मंगलवार

 

तस्करले लुटेकाे पेस्तोल नभेटिँदा प्रहरीलाई तनाव

काठमाडौं । धनुषाको सिमावर्ती क्षेत्रमा पर्ने मुखियापट्टी मुसहरनिय स्थित नाकामा तस्कर र प्रहरीबीच भएको झडपमा प्रहरीको पेस्तोलन तस्करले खोसेर भागे । बुधबार राति २ बजे सहायक प्रहरी निरीक्षक प्रमोदकुमार साहको पेस्तोल र त्यसमा लाग्ने म्यागेजिन समेत लुटेर भागेपछि अवस्था तनावपूर्ण बनेको हो ।

नेपालबाट भारततर्फ अवैधरुपमा रक्सी लगिरहेको तस्करको समूह र प्रहरीबीच बुधबार बिहान झडप भएको थियो । तस्करले एक प्रहरीको पेस्तोल र गोली खोसेर भागेपछि अहिलेसम्म पनि सो क्षेत्रको अवस्था तनाव छ ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले प्रहरीको पेस्तोल खोसेको बताएपनि यसबारे खोजतलास लागि अर्का प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोको नेतृत्वमा टोली घटनास्थलमा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्