८ जेष्ठ २०८१, मंगलवार

 

भिरबाट लडेर दुई जनाको ज्यान गयो

काठमाडाैं ।  बझाङमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका– १ भण्डार टोलकी ३५ वर्षीिया हरिना देवी बोहराको भीरबाट लडेर शनिबार ज्यान गएको हो ।

दिउँसो करिब ३ वजे घर नजिकैको हलानेडाडोमा घाँस काट्ने क्रममा भिरबाट लडेर ज्यान गएको हो । बोहराको घटनास्थलमा नै ज्यान गएको थियो । उनीसँगै घाासकाट्न गएकी अन्य महिलाहरुले गाँउमा खबर गरेपछि थाहा भएको परिवार स्रोतले जनाएको छ । मृतक बोहराका ४ छोरा र १ छोरी रहेका छन् भने श्रीमान ज्याला मजदुरी गरी जीवीकोपार्जन गर्ने गर्दछन् ।

यस्तै, गुल्मीमा पनि  भिरबाट लडेर एकजनाको मुत्यु भएको छ । गुल्मी दरबार गाउँपालिका-४ बिरवासका ४४ वर्षीय चेतराम चुडाली रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

चुदाली बिहीबारदेखि घरको सम्पर्कमा नभएको र स्थानीय थुम्काको भिरबाट लडेर मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्