८ जेष्ठ २०८१, मंगलवार

 

होटलमा बोलाएर बालिका बलात्कार

कास्की । होटलमा लगेर बालिका बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–११ रानिपौवा बस्ने धादिङ मलेखु घर भएकी १२ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रानीपौवा बस्ने धादिङ निलकण्ठ नगरपालिका–६ घर भएका २१ वर्षीय रामबहादुर रम्तेललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राम बहादुरले पोखरा महेन्द्रपुलस्थित एक होटलमा लगेर बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्