७ जेष्ठ २०८१, सोमबार

 

पाँचथरमा दुई परिवारका नौ जनाको हत्या

काठमाडौं – पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ ।
हत्या भएका दुई परिवार आफन्त भएको बताइएको छ ।

घटनामा एक १२ वर्षीया किशोरी भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते भएको बताइएको छ।

घटनाको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी प्रमुखसहितको टोली घटनास्थलतर्फ गएको बताइएको छ। घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्