२६ असार २०८२, बिहीबार

 

बागलुङ नगरपालिका पूर्णखोप सुनिश्चितता : मेयर पाैडेल

बागलुङ – बागलुङ नगरपालिकामा पुर्णखोप सुनिश्चि र दिगोपनका लागि नगरप्रमुख जनकराज पौडेलले प्रतिवद्धता व्यक्त गरेका छन् । नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको पुर्णखोप सुनिश्चितता, दिगोपना साथै सुक्ष्म योजना अध्यावधिकका लागि नगरपालिका खोप समन्वय समिति र सरोकारवाला सहितको गोष्ठीमा सहभागी समक्ष नगरप्रमुख पौडेलले उक्त प्रतिवद्धता जनाएका हुन ।

नगरभित्र कुनैपनि बालबालिका खोप पाउनबाट बञ्चित नहुन भन्न उद्देश्यले नगरप्रमुख पौडेलले जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानालाई प्रतिवद्धता पत्र हस्तान्तरण गरेका हुन । बागलुङ नगरपालिका सँगै जिल्लालाई नै अघिल्लो वर्षको असार २६ गते पुर्ण खोप सुनिश्चित जिल्लाको रुपमा घोषणा गरिएको हो । नगरपालिकामा हाल जन्मेदेखी १५ महिना सम्मका १ हजार १ सय १६ बालबालिकाले खोप लगाईरहेका छन् भने १६ महिना देखी २३ महिना सम्मका ७ सय ३४ बालबालिकाले पुर्ण खोप प्राप्त गरी सकेका छन् ।

नगरपालिकाले पुर्णखोप दिगोपनका लागि नितिगत रुपमानैं कार्यक्रमलाई अगाडी बढाउने नगरप्रमुख पौडेलले बताए । उनले स्वस्थ जनशक्ति निर्माणमा खोपको निकै महत्व हुने हुँदा बालबालिकाको पुर्ण खोप पाउने अधिकार सुनिश्चित गर्न नगरपालिकाले थप योजना अगाडी बढाउने जानकारी गराए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानाले सामाजिक विकासका निम्ती स्वास्थ्य क्षेत्र अति संवेदनशिल क्षेत्र भएका कारण यसलाई राज्यले महत्व दिनुपर्ने बताए । उनले स्थानिय सरकारले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर आगामी निति तथा कार्यक्रम बनाउनका लागि आग्रह गरे ।

गोष्ठीमा स्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले पुर्णखोपलाई दिगोपन दिन र सेवालाई प्रभावकारी एवं गुणस्तरीय बनाउनका लागि स्थानिय तहका जनप्रनितिधिको प्रमुख भुमिका हुने बताए ।

उनले स्थानिय तहले बनाउनुपर्ने स्वास्थ्यको निति तथा योजनाको बारेमा जानकारी गराएका थिए । सोही अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका खोप अधिकृत एकनारायण लम्सालले बाल स्वास्थ्य र खोपको बारेमा जानकारी गराएका थिए ।

त्यस्तै स्वास्थ्य कार्यालय बागलुङका तथ्याङ्क सहायक घनश्याम सापकोटाले जिल्ला र बागलुङ नगरपालिकाको समग्र खोप र अन्य स्वास्थ्यका सुचकको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बागलुङ नगरपालिकाका सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

नगरप्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत स्वास्थ्य शाखाका सिनियर अहेब सोमराज पाण्डे र संचालन सिनियर अहेब डिल्ली प्रसाद आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung