३ श्रावण २०८३, आईतवार

 

गाउँपालिकाको ढोकामै बम

बझाङ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिका कार्यालयको मुल ढोकामा शंकास्पद वस्तु फेला परेको छ। मंगलबार बिहान ९ बजेतिर कार्यालयको मूल ढोका अगाडि टाइम बम लेखिएको कागज टाँसिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ।

शंकास्पद वस्तु बम हुनसक्ने अनुमान गरिएको छ।  बझाङ सदरमुकामबाट नेपाली सेनाको टोली त्यस तर्फ गइसकेको प्रहरीले जनाएको छ । गाउँपालिकाको कार्यालय छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ मा पर्दछ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung