७ जेष्ठ २०८१, सोमबार

 

पाँचथर हत्या प्रकरण : ज्वाइँको शव नजिकै भेटियो रगतसहितको खुकुरी

काठमाडौं । मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका ९ जनाको हत्यामा संलग्न भनिएका मानबहादुर माखिमको शव नजिकै रगत लतपतिएको कपडासहितको खुकुरी भेटिएको छ ।

मिक्लाजुङ गाउँपालिका–७ लुमाङदिनमा झुन्डिएको अवस्थामा भेटिएको मानबहादुरको शवबाट करिब २ सय मिटरको दुरीमा रगत लतपतिएको कपडा र खुकुरी भेटिएको घटनास्थलमा रहेका प्रमुख जिल्ला अधिकारी मुरारी वस्ती नयाँ विश्वलाई जानकारी दिए । प्रमुख जिल्लाअधिकारीका अनुसार ९ जनाको हत्या भएको स्थानभन्दा माखिमको शव भेटिएको स्थानमा पुग्न २ घण्टा लाग्छ ।

नायव उपरीक्षक नरेन्द्र कुवँरको नेतृत्वमा गएको टोलीले घटनाको अध्ययन गरी फर्कदै छ, उनले भने हामीले ४१ वर्षीय धनराज शेर्मा परिवारको मूचुलका तयार गरी ७४ वर्षीय वमबहादुर फियाकको परिवारको मुचुल्काको तयारीमा छौँ । ’

मानबहादुरको शव आरुबोटे ल्याउन लागिएको वस्तीको भनाइ छ । ससुरा बमबहादुर र साढुदाइ धनराज सेर्माको हत्यामा मानबहादुरकै संलग्नता रहेको प्रारम्भीक निचोड प्रहरीले निकालेको छ।

प्रतिक्रिया दिनुहोस्