३ श्रावण २०८३, आईतवार

 

पाँचथर हत्या प्रकरण : ९ जनाकैं शव पोष्टमार्टमका लागि धरानमा

पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा हत्या भएका ९ जनाको शव पोष्टमार्टमको लागि धरान लगिएको छ ।

हत्या भएका दुई वटै परिवारका ९ जनाको शव मंगलबार राति धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो ।घटनास्थलमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

भागेर बाँच्न सफल भएकी १३ वर्षीय सीता खजुमको झापास्थित लाइफलाईन अस्पतालमा उपचार भइरहेको छ । सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा २ परिवारका ९ जनाको हत्या भएको थियो ।

हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । शेर्मा र फियाक परिवारको घरको दुरी करिब डेढ–दुई किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung