३ श्रावण २०८३, आईतवार

 

बिहान ४:१५ को टाइमर, बेलुकी ४:१५ मै विस्फोट

- AM र PM को अलमलले योजनाभन्दा १२ घन्टाअघि नै विस्फोट, विप्लव समूहका चार कार्यकर्ताको मृत्यु, सात घाइते अस्पतालमा

सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाइ छ । सुकेधारा र घट्टेकुलोमा एकैपटक विस्फोट भएको थियो । राजधानीका थप चार ठाउँमा बम भेटियो ।

दुवैतिर एकै समयमा आकस्मिक रूपमा बम विस्फोट हुनुको कारणबारे अनुसन्धान केन्द्रित गरिएको काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए । उनका अनुसार अनामनगर र सुकेधारामा भएको विस्फोटका घाइतेहरूले १२ घन्टाअघि टाइमर मिलाउने क्रममा एक्कासि बम पड्किएको भएको बताएका छन् ।

सुकेधारा, घट्टेकुलो र नागढुंगाका तीनैवटा विस्फोट दुर्घटनावश भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनामा विप्लव समूहका चारजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । सोमबारको बन्दलाई लिएर विप्लव समूहले थुप्रै ठाउँमा विस्फोटको तयारी गरेको देखिन्छ । तर, प्रहरी र गुप्तचर निकायलाई त्यसको सुइँकोसमेत थिएन । यसले सुरक्षा निकायको सूचना संयन्त्र कति कमजोर छ भन्ने देखाउँछ ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र टेकराज थामीले लेखेका छन् ।

तस्विर : सामाजिक संजाल

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung