काठमाडौं – व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, भद्रपुर झापाका नायव सुब्बा राजकुमार धिमाल ३५ हजार घुससहित पक्राउ परेका छन् । तालिम कार्यक्रम सञ्चालन गरेबापत भुक्तानी प्राप्त गर्नु पर्ने रकम दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले नायव सुब्बा धिमाललाई घुससहित पक्राउ गरेको हो ।
घुस लिने कार्यमा संलग्न सोही कार्यालयका शाखा अधिकृत सुमिन्द्र मण्डललाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भ ई रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।













































































































































































































