३२ असार २०८२, बुधबार

 

सात महिने छोरीको हत्या आरोपमा आमा पक्राउ

सात महिनाकी छोरीको हत्या गरेको आरोप सल्यानबाट आमालाई प्रहरीले पक्राउ गरेको छ । छत्रेश्वरी–६, रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय, लुहामले मङ्गलबार बेलुका ७ महिने छोरीको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

सात महिनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटानी जाहेरी दिएपछि आमालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लुहामका अनुसार आरोपीलाई प्रहरी कार्यालय लुहाममा राखेर अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung