३ श्रावण २०८३, आईतवार

 

ड्राइभरले सडकबीचमै यसरी कुटे महिला (भिडियो)

काठमाडौं । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा सवारी चालकले महिलामाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएकोे छ ।

शुक्रबार स्थानीय ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको वीङ्गर गाडीका चालक गोकुल बोहोराले सडकमै महिलामाथि दुर्व्यवहार गर्दै कुटपिट गरेका हुन्।

भाडाको विषयमा विवाद भएपछि धनगढीकी लक्ष्मी धनाडीमाथि अपशब्द प्रयोग गरी कुटपिट गरेको प्रहरीले जनाएको छ।

धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैया भाडा भएपनि चालकले दुई सय मागेको तर महिलाले दिन नमानेपछि गालीगलौज गर्दै कुटपिट गरेको प्रहरीको भनाई छ।

कुटपिट गर्ने चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
भिडियो

https://www.facebook.com/khadkabimal12/videos/315981669332348/

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung