३ श्रावण २०८३, आईतवार

 

तीन वर्षदेखि छोरी बलात्कार

ललितपुर । १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यादव थर भएका एक उपसचिव रहेका छन् ।

महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया (नाम परिवर्तन)लाई बारम्बार जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

घरमा कोही नभएको मौकामा यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यादवले धम्कि दिँदै विगत ४ वर्षदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ । बाबुले छोरीलाई करणी गर्दै आएको आमाले थाहा पाएपछि यादवले घरभित्रको घटना भन्दै श्रीमानलाई सार्वजनिक नगर्न चेतावनी दिएका थिए ।

प्रहरीका अनुसार १२ कक्षामा अध्ययनरत किशोरी कलेजमा एक शिक्षककसँग प्रेममा थिइन् । शिक्षककै दबाबको कारण किशोरीले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung