१ जेष्ठ २०८२, बिहीबार

 

१७ वर्षीया किशाेरी सामूहिक बलात्कृत

 

तेह्रथुम । १७ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेका अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बलात्कार गरेको अभियोगमा छथर गाउँपालिका–२ हमरजुङ बस्ने २१ वर्षीय पदम रसाईली, १५ वर्षीय बिशान लिम्बु र १५ वर्षीय सुदिप रुचाल रहेका छन् ।

गत शनिबार बालिकालाई शुक्रबारेबाट हमरजुङ जाने बाटोमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट र प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung