३ श्रावण २०८३, आईतवार

 

फेरि १२ वर्षीया बालिकामाथि ‘सिरिन्ज आक्रमण’

सिरिन्ज आंतकको घटना सेलाउन नपाउँदै एक बालिकामाथि सिरिन्ज आक्रमण भएको छ । काठमाडौंको कीर्तिपुरमा बस्ने बालिकामाथि फेरि सिरिन्ज आक्रमण भएको हो । स्कुलबाट घर फकिँदै गर्दा बिहीबार साँझ ४ः३० बजे बालिकामाथि सिरिन्ज आक्रमण भएको महानगरीय प्रहरी वृत कीर्तिपुरले जनाएको छ ।

पीडित बालिकासहित अभिभावकले सिरिन्ज आक्रमणको उजुरी दिएको महानगरीय प्रहरी वृत कीर्तिपुरका (इन्सपेक्टर) हिक्मत भण्डारी नयाँ विश्वलाई जानकारी दिए । उनका अनुसार बालिकालाई उपचारकालागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगिएकाे छ ।

बालिकाको खुट्टाको पिडौंलामा सिरिन्ज हानेर युवक फरार भएको प्रहरीले जनाएको छ । स्कुलबाट घर फकिँदै गर्दा कीर्तिपुर नगरपालिका–६ नगाउँ भन्ने स्थानमा आक्रमण भएको थियो ।

यद्यपि यस विषयमा थप अध्ययन भइरहेको भण्डारीले बताए । कीर्तिपुरकी १२ वर्षीया बालिकासहित अहिलेसम्म ११ जना युवती (महिला)माथि सिरिन्ज आक्रमण भएको छ । इलाम घरभएकी ती बालिका कीर्तिपुरमा बसेर अध्ययन गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung