४ श्रावण २०८३, सोमबार

 

वृद्धाको घाँटी रेटेर हत्या

भक्तपुरको चाँगुनारायण नगरपालिकामा  ६० वर्षीया महिलाको हत्या भएको छ। आइतबार बिहान मोटरसाइकलमा आएका व्यक्तिले सोनाम थापा मगरको घरमा बस्दै आएकी सिन्धुपाल्चोक, बाँडेगाउँकी सावित्री भट्टराईको हत्या गरेको प्रहरीले जनाएको छ ।

घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले उल्लेख गरेको छ।

घटनाबारे महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung